घाँटु बारे मगर लाेक कथा

घाँटु देवी

संकलनः मीन श्रीस मगर

(विद्यावारिधिः मगर संस्कृति)

उहिले सत्य युगको कुरा हो; देवदेवीहरूले मानिसलाई पनि आफूझैं देवतामा रुपान्तरण गर्दथे । तान्त्रिक विद्यामा पोख्त मानिसहरूले देवतासँग कुराकानी गर्ने क्षमता राख्दथे । त्यो युगमा मगरात भनिने मग्वर, धवलस्रोत, गण्डीगुल्म आदि राप्ती तथा गण्डकी प्रश्रवणक्षेत्रका मगर बस्तीहरूमा शक्तिशाली तान्त्रिकहरूको निकै ठूलो प्रभाव रहेको थियो । अलौकिक शक्ति प्राप्त ती तान्त्रिकले असामान्य गतिविधिहरू गर्दथे । तान्त्रिक शक्ति प्रयोग गरेर कुनै पनि जीवजन्तुलाई मार्ने र पुनः जीवित बनाउन सक्ने क्षमता उनीहरूमा हुन्थ्यो । बेलाबेलामा उनीहरूले आफ्ना अद्भूत क्षमता अर्थात घातक आभिचारिक (black magic) क्षमता प्रदर्शन गर्दथे ।  ती तान्त्रिकहरू बाघ लगायतका विभिन्न जीवजन्तुहरूमा रुपान्तरण हुने गर्दथे । धवलागिरी, हिमचुली, अन्नपूर्ण, माछापुच्छ्रे आदि हिमालहरू देवताको बासस्थल मानिने हुँदा ती हिमालहरूबाट उत्पन्न भएका नदीहरू कालीगण्डकी, बडीगाड, उत्तरगंगा, राप्ती आदिलाई ज्यादै पवित्र मानिन्थ्यो । ती हिमनदीका प्रश्रवणक्षेत्रमा बसोबास गर्ने मगर तान्त्रिकहरू निकै शक्तिशाली मानिन्थे ।

मुस्ताङको न्हुबिनी हिमालबाट उत्पन्न भएको पवित्र कालीगण्डकी किनारका गुल्मी, वागलुङ, पाल्पा, पर्वत, स्याङ्जा र नवलपरासीका मगर बस्तीहरूका साथै राप्ती प्रश्रवणक्षेत्रका रुकुम र रोल्पा क्षेत्रका मगर बस्तीहरूमा एक भाइ र नौ बहिनी तान्त्रिकहरूको प्रभावशाली अस्तित्व रहेको थियो । कालीगण्डकी किनारको बस्ती (वर्तमान पाल्पाको पीपलडाँडा, रामपुर तथा स्याङ्जाको गराङ्दी) का दस भाउना (एक भाइ र नौ बहिनी) तान्त्रिकहरू तान्त्रिक विद्यामा निपूर्ण थिए । ढ्याङ्ग्रे लामा (तान्त्रिक दाजु) र नौ बहिनी बीच कुनै कारणवस वैमनस्यताको वातावरण सिर्जना हुँदैगयो । उनीहरू बीचमा तन्त्रमन्त्रको युद्ध चल्नेक्रममा नौ बहिनीहरू दाजु ढ्याङ्ग्रे लामाबाट परास्त भई अलपिए । अलप भएको तेस्रो दिन अर्थात कात्तिक ठूली एकादशीका दिन नौकन्या तान्त्रिकहरू सेतीबेणी (गुल्मी, पर्वत र स्याङ्जाको संगम स्थल कालीगण्डकी) का कन्याहरूमा आविर्भाव भएका थिए । आफ्नो शरीरमा नौ कन्या तान्त्रिक आविर्भाव भएपछि कन्याहरूको आँखा बन्द भई कम्पन हुन थाल्यो । उनीहरू विभिन्न भावभङ्गीमा प्रस्तुत हुनथाले । तान्त्रिक कन्या उत्रिएर प्रस्तुत हुने अवस्था वा प्रस्तुतिकरणलाई घाँटु भन्न थालियो । सेतीबेणी अर्थात सेतीघाटबाट प्रारम्भ भएकाले सेतीघाटु भन्ने क्रममा कालान्तरमा सतीघाटु शब्द जनजिब्रोमा प्रचलित हुनपुग्यो । अर्कोतर्फ मृत्युको तेस्रो दिनको घोट संस्कार (शुद्धशान्ति) मा मृतकको आत्मालाई तान्त्रिक विधिबाट जगाएर पितृमा थपना गर्ने तथा नाचगान गर्नेक्रममा नौ कन्या तान्त्रिक उत्रेकाले मगर भाषामा घोट+उ (पष्टी विभक्ति)=घोटु अर्थात घोट सम्बन्धी भन्ने अर्थमा ‘घाँटु’ को विकास हुनगयो । स्याङ्जा राम्चेका मगरहरूले आजसम्म पनि हरेक वर्षको कात्तिक ठूली एकादशीका दिन सेतीबेणीमा गएर घाँटु नाट्य गाथाको थालनी गर्ने र वैशाख पूर्णिमा (चण्डी पूर्णिमा/बुद्ध पूर्णिमा) का दिन प्रदर्शन गर्ने परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

हिमचुलीका सात बहिनी मायू (देवी) हरू मध्ये एक बहिनी नवलपरासीको देवचुलीमा बसोबास गर्न आउँदा त्यहाँ रहेको दैत्यसँग ठूलो संघर्ष परेको थियो । देवीले दैत्यलाई परास्त गर्न नसकेपछि भुमरीको रुप धारण गरी नजिकैको अर्खला गाउँमा घाँटु नाचिरहेका दुई मगर कन्यालाई उडाएर देवचुली पहाडमा पु¥याई आफू झैँ मायू (देवी) मा रुपान्तरण गराएकी थिइन् । त्यसपछि तीनकन्या मायूको संयुक्त शक्तिबाट दैत्यमाथि विजय प्राप्त भएको थियो । यो घटना चैत्र पूर्णिमाको समयमा भएकाले देवचुली पहाडको गुफामा तीन कन्या मायू (देवी) अर्थात घाँटु देवीको पूजाआजा गर्ने परम्पराको थालनी गरियो । देवचुली आसपासका हुप्सेकोट, बुलिङटार, धौवादी रुदपुर, अर्खला, कीर्तिपुर आदि क्षेत्रका मगरहरू र नवलपुर (रजहर तथा कोलुवातिर) का थारुहरूले संयुक्त रुपमा मगर झांक्री र थारु गुरौको नेतृत्वमा तान्त्रिक विधिबाट घाँटु देवी (तीनकन्या मायु/कुमारवर्ती माई) को पूजा गर्ने परम्परा उहिल्यैदेखि चलिआएको छ । यसै आधारमा कतिपय मगर गाउँमा चैत्र पूर्णिमाको दिन घाँटुको थालनी गर्ने र वैशाख पूर्णिमाको दिन चण्डी पूजा गरी विशेष प्रदर्शन गर्ने परम्परा रहेको छ ।

यो कथा सुन्नेलाई सुनको माला; भन्नेलाई फूलको माला ।

घाँटु देवी (ढुट मगर भाषामा)

गोमोक्च : मीन श्रीसमगर

विद्यावारिधि : मगर संस्कृति

खयाकाङन सट्य जुकओ वाट आले, डेवीडेउटाकोई भर्मिकोके ड मेहेको लेखान डेउटा खास्मो याहाओला। झाँकरि वार्चकोई यिडाकन वार्च भर्मिकोई डेउटाखटा ङाक्के हेकोला । होसे जुकाङ मगरात डेचो मग्वर, धवलस्रोत, गण्डकीगुल्म डेच ठामको राप्टी होटै गण्डकी डेठाङ मगरकुङ कार्हाङचो झाँकरिकुङ छाप ल्या । होन्च सक्ति डिन्चो झाँकरिकोई डिहिके माह्योक्च वाटको जाटुला । होसेकोई झाँकरिव वार्च केट्म जुन्च ड जिवजन्टुकोके साट्के होटै होसे सिच वस्टुकोके जिम्हाक्के हेक्च सक्टि होसेको खटा छानोला । सेन सेन होसेकोई मेनो झाँकरी वार्मई  चटक्या टानाक्के जाटोला । होसे झाँकरिको मेल्लाहाके सेन चिटुवा, सेन सुठु,  सेन चिउ ल्हेस्के हेक्चको छानोला ।  धवलगिरि, हिउचुलि, अन्नपूर्ण, माछापुच्छ्रे डेच पंम्वाङईङ डेउटाको (वाज्यू बराज्यू) मुच ठाम मन्डिकेवाटि होसे पंम्वाङईङ खेम जोहोच खोलाको कालिगण्डकी, बडिगाड, उत्तरगंगा, राप्टी डेच खोलाकोके काराङ्च डेउटा मन्डिवला । होसे खोला जोहोच ठाममाङ खयाकिङ  होडा मुच मगर झाँकरिको कार्हाङच झाँकरि मन्डिउला ।

मुस्ताङो न्हुविनी पंम्वाङइङ डि खेहेच वाटि होस्के सेहेचो (पवित्र) कालिगण्डकीढरियाङ गुल्मी वाग्लुङ, पाल्पा, पर्वत, स्याङजा, नवलपरासि मगरको मुच ठामको होटै राप्तिव रुकुम रोल्पा डेच ठामो  मगर झुरुमाङ काट भोया (बाउजा) र नउ नानिजाको झाँकरिकुङ कार्हाङच ठाम डेम चिन्डिसोला । कालिगण्डकिव ढरियाङ (चहिटो पाल्पाव पीपलडाँडा,रामपुर होटै स्याङ्जा गराङ्डी) व होसे बाउजा र नानिजा झाँकरि ज्ञान वार्चको ल्या । ढ्याङ्ग्रे लामा (झाँकरी दाज्यै) र नउ नानिजाकुङ मेल्लाहा-मेल्लाहाव मिगिन माखाट्चै नुङा । मेल्लाहा-मेल्लाहा माखाट्म झाँकरि वार्माके केट्नसिङ मेहेकोन पुन्के ठाला । यितजात्म पुन्नाङ -पुन्नाङ मेहेकुङ दाज्यैके माहुत्म नउ नानिजाको म्हाट्डिसा । यितजात्म म्हात्च नउ नानिजाको म्हात्च सोम्याकाङ कार्तिक ठूलि एकाडसिव याकाङ नउकन्या झाँक्रिनिको सेतिबिणी ( गुल्मी, पर्वत र स्याङ्जा सोम ठाम काटठामङ खाट्च कालिगण्डकी) व कन्याकोआङ पहिडिसन्या ।(आविर्भा) मेनो ज्यानाङ होसे नउ झाँक्रिनिको पहिडिस्नसिङ नानिजाकुङ मिमिक चिलिम्मो नानिजाको वुर्हुके ठाला । होसेको आस्काट-आस्काट छान्नसिङ डाङ्डिस्के ठाला । यितजात्म  झाँक्रिनिको कन्यानानिकुङ ज्यानाङ राहाम मेनो ज्यान  टानाक्के ठाला  हटै यिस्केनाङ घाँटु डेके ठाला । सेतिवेणी या सेतीघाटीङ  ठाल्चबाटी यिस्के सेतीघाटु डेनाङ डेनाङ न्हुनिङ सटीघाँटु डेके ठाला । यितजात्मो ज यिचेउ आर्मिन सटिघाँटु डेम चिन्डिसा । आलाकपटा सिचव सोम्याको घोटाङ सिच भर्मिव मिगिनके झाँक्रि वार्चए जिवाटाक्न वायूकोके मेनो ठामाङ डाके होटै स्याहानाङ ल्हिङनाङ होसे नउ कन्या नानिजाको ज्यानाङ काल्केवाटी मगर कुराङ (ढुट)  घोटु होटै ज घाटुव  ठपना छान्चै नुङा । स्याङ्जाव राम्चे डेच लाङ्घाव मगरकोई छिनिङपिहिन ड पट्ट ल्हेसव कार्तिक ठूली एकाडसीव याकाङ सेतिविणीयाङ नुङ्मो घाँटु स्याहाक्के याको ठालनी जाट्के होटै वैशाख पूर्णयाङ लांङघाङ स्याहाक्म तानाक्के जाट्च रोश ईन्हाङ ड ले ।

हिउचुलिव सात वहिनि नानिजाङ काट नानिजा  नवलपरासिव देवचुलियाङ मुके राहाच वखटाङ होलाङो पिचासखटा कार्हाङच पुन्ना छान्मल्या । देविय होसे पिचासके जुत्के माहेक्च पार भुमरि छान्मसिङ खेरेपो अर्खला डेच लाङ्घाङ घाँटु स्याहाम मुच न्हिस मगर नानीजाके भुरुक्न देवचुलि पाहाराङ टाहाक्नसिङ मेन लेखा मायू (देवी) खास्मल्या । होसेन्हुनिङ सोम (कन्या) नानिजाको काट छान्न होसे पिचासखटा पुन्निसिङ होस्केनाङ जुत्मल्या । यिसे काजुस चैत्र पूर्णाङ छान्चवाट देवचुली पाहाडाङव ओडाराङ सोम नानीजाको( कन्या) (मायू देवि ) घाटु देविकोके मन्दिके ठाला । देवचुलिव खेरेप खेरेप हुप्सेकोट, बुलिङटार, धौवादी, रुदपुर, अर्खला, कीर्तिपुर डेच ठामव मगरको र नवलपुरव थारुको खाट्म कठ मगर झाँक्रि र थारु गुरौको स्याहाठाङ झाक्रि (तान्त्रिक) बिधिईङको घाँटु देवी (सोम नानीजा मायू, कुमारीको) व पूजा जाट्च रोश कयाकिङहोडा केस्चै राहाच  आले । होट छान्म मगरकुङ ढलिङ लांङ्घाङ चैत्र पूर्णेव याकाङ घाँटु स्याहाक्के थाल्ले र बैशाख पुर्णेयाङ चण्डी पूजा जात्म होसे याकाङ पट्ट लाङ्घाव लाङ्घालिके एट्म मूली आहानाङ गुरुमोईको  ल्हिङ्म र घाटुसार्याको स्याहाम  टानाक्के जाट्ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *